कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विवाह समारोहमा आक्रमण, कम्तीमा ४० को मृत्यु

सिन्हवा

साना — साउदी अरब नेतृत्वको हवाई सेनाले यमनको एक वैवाहिक समारोहमा गरेको हवाई आक्रमणमा परी कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण गरिएको अधिकारीले जनाएका छन् ।

विवाह समारोहमा आक्रमण, कम्तीमा ४० को मृत्यु

अधिकारीले घाइतेको संख्या यकिन नभएको बताए । स्वास्थ्य अधिकारी मोहम्मद अल अस्वालले सिन्हवासँग टेलिफोनमा भने, ‘आक्रमणमा मृतक तथा घाइतेको संख्या यकिन भइसकेको छैन । प्रारम्भिक विवरणअनुसार कम्तीमा ४० जनाको मृत्यु भएको छ ।’


एक सुरक्षा अधिकारीका अनुसार लडाकु विमानबाट वैवाहिक समारोहमा दुइटा बम खसालिएको थियो । घटना बानी कास जिल्लाको अल्राका गाउँमा भएको हो ।


आक्रमणका कारण वैवाहिक समारोह नजिकैका घर तथा सवारीसाधन ध्वस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनमा तीन वर्षयता हुथी विद्रोही समूह र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीचमा भिडन्त हुँदै आएको छ । गठबन्धन सेनाले गत शुक्रबार दक्षिण–पश्चिमी ताइज प्रान्तमा गरेको हवाई आक्रमणमा परी कम्तीमा १७ जना मारिएका थिए ।


यमनमा जारी द्वन्द्वका कारण हालसम्म करिब १० हजार यमनीको मृत्यु भइसकेको छ भने लाखांै विस्थापित छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?