कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस दुर्घटनामा ३६ को मृत्यु

बीबीसी

बेइजिङ — उत्तर कोरियामा सोमबार पर्यटकसहितको एक बस दुर्घटनामा कम्तीमा ३६ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३२ जना चीनका पर्यटक भएको चिनियाँ अधिकारीले जनाएका छन् । 

बस दुर्घटनामा ३६ को मृत्यु

चीनको विदेश मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ उत्तर कोरियाली छन् । अधिकारीका अनुसार बस उत्तरी हाङहाई प्रान्तमा दुर्घटना भएको हो । चिनियाँ सञ्चारमाध्यममा प्रसारित दृश्यहरूमा नीलो रङको बस पल्टिएर ध्वस्त भएको देखिन्छ । उत्तर कोरिया भ्रमणमा जाने पर्यटकमध्ये करिब ८० प्रतिशत चिनियाँ नागरिक हुन्छन् ।


चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं । पूर्ण विवरण आउन बाँकी नै छ ।’ समाचारअनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो । उत्तर कोरिया भ्रमण गर्ने विदेशीहरूको संख्या यकिन नभए पनि वार्षिक १ लाख पुग्ने गरेको बताइएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?