कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ट्रम्प–मुन भेट हुने

सिन्हवा

सोल — उत्तर कोरियाली नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर वार्ताअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन् ।

ट्रम्प–मुन भेट हुने

राष्ट्रपति मुनले मे महिनाको मध्यतिर ट्रम्पलाई भेट्ने तयारी गरेको जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका एक अधिकारीले मुनको अमेरिका भ्रमण निश्चित भए पनि मिति भने यकिन भई नसकेको बताए । केही दिनमा औपचारिक मिति तय हुने जनाइएको छ ।

मुनले उत्तर कोरियाली नेता किमसँग भने आउँदो शुक्रबार सीमावर्ती पान्मुन्जोममा भेट्ने कार्यक्रम छ । ट्रम्प र किमको भेटवार्ता मेको अन्त्यतिर वा जुनको सुरुतिर हुन सक्ने बताइएको छ । उक्त भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लागेको दक्षिण कोरियाली पक्षको भनाइ छ । दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्बन्ध तय हुने जानकार बताउँछन् ।

ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मुख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी समकक्षी जोन बोल्टोनसँग वासिङ्टनमा भेटवार्ता गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?