१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शान्ति वार्ताका लागि किम दक्षिण कोरियामा

एजेन्सी

कोरिया — एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । विश्वलाई आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ती वार्ता गर्नका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेका हुन् ।

शान्ति वार्ताका लागि किम दक्षिण कोरियामा

किमलाई स्वागत गर्नका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमा रेखा नजिकै पुगेका थिए । हात मिलाएर उत्तर कोरियाका नेता किमलाई स्वागत गरेसँगै उनले दक्षिण कोरियाका नेतालाई केही छिनका लागि भए पनि सैनिक सीमा रेखा पार गरेर उत्तर कोरियाको जमिनमा खुट्टा राख्न आग्रह गरेका थिए । राष्ट्रपति इनले पनि मुस्कुराउँदै सीमा पार गरी उत्तरको जमिनमा टेकेका थिए ।


त्यसलगत्तै किमलाई दक्षिण कोरियाको सेनाले विशेष सलामीसहित 'गार्ड अफ अनर' दिएको थियो ।


निकै हसिलो मुद्रामा देखिएका दुवै नेताले गार्ड अफ अनरको अवलोकन पछि सामूहिक तस्बिर खिचाएर वार्तास्थल तर्फ लागेका थिए ।


वार्ताको बिहानी सत्र सकिएको छ । दुई नेताहरुबीच निकै सौहार्दपूर्ण वातावरणमा वार्ता भएको बताइएको छ । उनीहरुबीच शान्ती सम्झौता लगायत आणवीक कार्यक्रमका बारे पनि छद्यफल हुने बताइएको छ ।


दुई कोरिया विभाजित भए यता किम दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली नेता हुन् ।

प्रकाशित : वैशाख १४, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?