कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उत्तर कोरियाले मेमा आणविक कार्यक्रम बन्द गर्ने

बीबीसी

साेल — उत्तर कोरियाको आगामी मेमा आफ्ननाे पारमाणु परीक्षण केन्द्र बन्द गर्ने भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयको भनाइलाई उद्धृत गर्दै बीबीसले उत्तर कोरयाको अाणविक कार्यक्रम स्थगित गर्ने भएको हो । 

उत्तर कोरियाले मेमा आणविक कार्यक्रम बन्द गर्ने

एक वरिष्ठ अधिकारीका अनुसार सर्वसाधरण, दक्षिण कोरिया र अमेरिकाका विज्ञहरुको उपस्थितीमा उत्तर कोरियाको परामाणु परीक्षण केन्द्र बन्द गर्न लागेको हो । उत्तरले पोङ्गी–री आणविक केन्द्रमा परमाणु परीक्षण गर्दै अाएकाे थियाे ।

गत शुक्रबार उत्तर कोरियाली नेता किमजोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन दुवैले कोरियाली प्रायद्वीपमा युद्ध अन्त्यको घोषणा गर्दै शान्ति स्थापनाका लागि सहमति गरेका थिए ।

दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ता युनयोङ चानले उत्तर कोरियाली नेता किमले परामाणु परीक्षण केन्द्र मेमा बन्द गर्ने बताएको बीबीसीले जनाएको छ ।

उत्तरले आफ्नो आणविक कार्यक्रम अन्तर्राष्ट्रिय समुदायको उपस्थितीमा बन्द गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०७५ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?