काबुलमा आत्मघाती बम बिस्फोट, कम्तीमा ८ पत्रकारको मृत्यु

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलमा सोमबार एकै स्थानमा १५ मिनेटको फरक बीच गराइएको दुई आत्मघाती बम बिस्फोटनमा परी केही पत्रकारसहित २५ जनाको मृत्यु भएको छ ।

काबुलमा आत्मघाती बम बिस्फोट, कम्तीमा ८ पत्रकारको मृत्यु

सो बिस्फोटमा परी एएफपीका प्रमुख फोटोपत्रकार साह मराईका साथै अन्य तीनको मृत्यु भएको पुष्टी भइसकेको छ भने अन्य केहीको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।


अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नजीब दानिसका अनुसार बिस्फोटमा परी कम्तीमा ८ जना पत्रकार र ४ जना प्रहरी अधिकारीसहित अन्यको ज्यान गएको छ । यस्तै ४५ जना भने घाइते भएका छन् ।


मोटरसाइकलमा आएका आत्मघाती आक्रमणकर्ताले पहिलो बिस्फोट गराएसँगै समाचार स‌ंकलनका लागि घटनास्थल पुगेका संञ्चारकर्मी माझ अर्का आत्मघातीले १५ मिनेटपछि पुनस् बिस्फोट गराएका थिए । दोस्रोपटक भएको बिस्फोटमा पत्रकारहरुसहित, सुरक्षाकर्मी तथा घटनास्थलमा जम्मा भएका सर्वसाधारण परेका थिए ।


आतंकवादी संघठन आईएसले उक्त आत्मघाती बिस्फोटन गराएको अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।


दोस्रो बिस्फोट भने विशेष गरेर पत्रकारलाई नै लक्षित गरी गराइएको दाबी समाचार संस्था एएफपीले गरेको छ ।


प्रकाशित : वैशाख १७, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?