विहारमा बस दुर्घटना, २७ को मृत्यु

रासस/सिन्ह्वा

नयाँदिल्ली — भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । मुजफ्फरपुरबाट नयाँदिल्लीतर्फ आउदै गरेको बस मोतीहारी जिल्लाको बेल्वा गाँउ नजिकै दुर्घटनामा परेको हो । 

विहारमा बस दुर्घटना, २७ को मृत्यु

द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका छन् ।

बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री दिनेश चन्द्र यादवले बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।


भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुनेगरेको छ । सवारी दुर्घटनाकै कारण भारतमा हरेक बर्ष हजारौँको ज्यान जाने गरेको छ भने ठूलो सङ्ख्यामा घाइते हुने गरेका छन् ।


राम्रो अवस्थामा नरहेका सडक र सवारी साधन तथा चालकको लापरवाहीका कारण दुर्घटना धेरै हुने गरेको जानकारहरू बताउछन् ।

प्रकाशित : वैशाख २०, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?