२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली सर्वोच नेता किमबीच दोस्रो पटक भेटवार्ता

चेतनाथ आचार्य

बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनसँग भेटवार्ता गरेका छन् । एक महिनाबीचमा चिनियाँ राष्ट्रपति सीले ऊनसँग भेट गरेको यो दोस्रो पटक हो ।

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली सर्वोच नेता किमबीच दोस्रो पटक भेटवार्ता

चीनको उत्तरपूर्वमा पर्ने ल्याओनिङ प्रान्तको तालीयान सहरमा सोमबार र मंगलबार सी र किमबीच भेटवार्ता भएको हो । ल्याओनिङ प्रान्त उत्तर कोरियासँग जोडिने चिनियाँ भूभाग हो । सो प्रान्तको तालियान सहरलाई अत्यन्त सुन्दर वन्दरगाह मानिन्छ । चीन र उत्तर कोरियाको सिमाबाट केही टाढा रहेको तालियानको समुद्री किनारमा दुई नेताले भेटवार्ता गरेका हुन् ।


अमेरिकालगायतका मुलुकले वर्षौँदेखि नाकाबन्दी लगाउँदा पनि उत्तर कोरिया आणविक हतियार उत्पादनमा अडिग थियो । चीनकै आडभरोसामा उत्तर कोरियाले आणविक हतियार परीक्षण गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सले चीनले चाहेमा उत्तर कोरियाले तुरुन्तै आणविक हतियार उत्पादन र परीक्षण बन्द गर्ने बताउँदै आएका छन् ।


गत फेब्रुअरी ९ देखि १५ सम्म दक्षिण कोरियाको पोङच्याङमा सम्पन्न हिउँदे ओलम्पिक खेलकूदबाट दुई कोरियाबीचमा सद्भाव वृद्धि भएको हो । एक महिना अगाडि मात्र उत्तरकोरियाली सर्वोच्च नेता किम रेल रिजर्भ गरेर पहिलो विदेश भ्रमणको रुपमा बेइजिङ आएका थिए । किमको बेइजिङ भ्रमणलाई अन्तर्राष्ट्रिय जगतले स्वागत गरेपछि चीन र उत्तर कोरियालाई थप भेटघाट गर्न प्रोत्साहन मिलेको हो ।


चीन भ्रमणपछि किमले तुरुन्तै दक्षिण कोरियाको भूमि पनि टेके र ऐतिहासिक शिखर वार्ता गरे । यी सबै राजनीतिक घटनासँगै उत्तर कोरियाले आवणिक परीक्षण सदाका लागि बन्द गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको आशा चौतर्फी बढेको छ ।


सोमरबार र मंगलबार भएको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सी चिन फिङले उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं त्यहाँका सर्वोच्च नेता किम जोङ ऊनलाई एक महिनाको अन्तरालमा दोहोर्‍याएर चीनमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । दुवै नेताबीचको भेटवार्ता मैत्रीपूर्ण वातावरणमा भएको र दुवै पक्षले चीन–उत्तर कोरिया सम्बन्ध र साझा हीतका महत्वपूर्ण विषयबारे चौतर्फी तथा गहिरो बिचार आदानप्रदान गरेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


भेटमा चिनियाँ नेता सी भनेको कुरा सञ्चार माध्यमहरुले देखाएका छन्, 'आफूले कमरेड किमसँग दोहोर्‍याएर भेटी घनिष्ठ सम्पर्कबाट आपसमा सम्पन्न सहमति लागू गर्न चीनका विभागलाई ताकेता गरी चीन–उत्तर कोरिया सम्बन्धलाई अघि बढाउने इच्छा लिएको छु ।’


सीलाई प्रत्युत्तरमा उत्तर कोरियाली नेता किमले भनेका छन्, ‘उत्तर कोरिया र चीनका पार्टी र देशका नेताबीचको आपसी विश्वास र मित्रता दुई देशबीच परम्परागत मित्रताको आधार हो र मैले महासचिव सीसँग परम्पराको बिँडो थामेर उपलब्धियुक्त ऐतिहासिक वार्ता गरी दुई देशबीचको सम्बन्धलाई अघि बढाउने अठोट लिएको छु ।’


सन् १९५० देखि ०५३ सम्म भएको भिषण युद्धबाट कोरिया विभाजित भएको हो । त्यतिबेला उत्तर कोरियाको तर्फबाट युद्ध लड्दा चिनियाँ नेता माओ चतुङका छोराले समेत मारिएका थिए । तसर्थ पनि चीनको उत्तर कोरियासँग भावनात्मक सम्बन्ध रहँदै आएको छ ।


प्रकाशित : वैशाख २५, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?