कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जेरुसेलममा अमेरिकी दूतावास खुलेसँगै प्रदर्शन, भिडन्तमा ५५ मारिए, २७ सय घाइते

बीबीसी/एएफपी

गाजा — जेरुसेलममा अमेरिकाले दूतावास खोलेको विरोधमा गाजा क्षेत्रमा सोमबार भएका प्रदर्शनका क्रममा भएका भिडन्तमा ५५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

जेरुसेलममा अमेरिकी दूतावास खुलेसँगै प्रदर्शन, भिडन्तमा ५५ मारिए, २७ सय घाइते

प्यालेस्टाइनी अधिकारीका अनुसार इजरायली सुरक्षा फौजसँगको भिडन्तमा २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रीका अनुसार मृत्यु हुनेमध्ये केही बालबालिका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहू ले आफ्नो सुरक्षाकर्मीको बचाव गर्दै आत्मरक्षाका लागि गोली चलाइएकाे दाबी गरेका छन् ।

प्यालेस्टाइनीहरूले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएयता विरोध प्रदर्शन गर्दै आइरहेका छन् । नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरू, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी र ज्वाइँ सहभागी भएका थिए ।

ट्रम्पका ज्वाइँ जरेद कुस्नरले उद्घाटन कार्यक्रममा बोल्दै ‘अमेरिकी राष्ट्रपतिले कुनै पनि वाचा गरे भने पूरा गरेरै छाड्ने’ बताए । यसैबीच, अमेरिकी विदेशमन्त्री मायक पोम्पियोले एक विज्ञप्तिमार्फत अमेरिका अझै पनि इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

इजरायलले प्रदशर्नकारीहरूले ढुंगा प्रहार गरेपछि कारबाही गरेको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ३० मा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए ।

जेरुसेलममा दूतावास खोल्ने अमेरिकी निर्णय अस्वीकार गर्ने बताएको छ । सोमबार फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको’ उल्लेख छ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?