रुस र क्रिमिया जोड्ने विवादस्पद पुलमा पुटिनले ट्रक चलाए

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र क्रिमिया जोड्ने एउटा विवादस्पद पुल मंगलबार उद्घाटन गरेका छन् । पुटिनले सुन्तला रंगको कमाज ट्रक कुदाउदै पुलको उद्घाटन गरेका हुन् । १९ किलोमिटर लामो उक्त पुल रसिया र युरोपको सबैभन्दा लामो पुल हो ।

रुस र क्रिमिया जोड्ने विवादस्पद पुलमा पुटिनले ट्रक चलाए

करिब ३ अर्ब ६० करोड डलर खर्च गरेर बनाइएको यो पुल सञ्चालनमा आएसँगै रसिया र क्रिमियाको स्थलमार्ग जोडिएको छ । सन् २०१४ मा युक्रेनबाट अलग्गिएर क्रिमिया रसियासँग गाभिएको थियो ।

रसियासँग गभिएपछि युक्रेनले क्रिमियामाथि नाकाबन्दी लगाएको थियो । क्रिमियामा खाद्यन्न तथा अन्य महत्वपूर्ण सामग्रीहरु पठाउन रुसले जलमार्गको प्रयोग गर्दै आएको थियो । पुल सञ्चालनमा आएसँगै जलमार्गको प्रयोग घट्ने बताइएको छ ।

यो वर्षको डिसेम्बरमा पुल निर्माण कार्य सम्पन्न हुने बताइएपनि निर्धारित समयभन्दा ६ महिनाअघि पुल निर्माण भएको क्रिमियाले जनाएको छ ।

यसैबीच, पुल निर्माणको विषयलाई लिएर युक्रेनले विरोध जनाएको छ । पुल निर्माण कार्यले वातावरणलाई असर पुर्‍याएको जनाउदै युक्रेनले एजोभ समुद्र हुँदै आफ्नो बन्दरगाहमा ठूला जहाजहरु आउन नसक्ने बताएको छ ।

प्रकाशित : जेष्ठ २, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?