१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

सिन्हवा

नयाँ दिल्ली — भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको हो । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । 

भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । सबै बिरामीको स्थानीय अस्पतालमा उपचार भइरहेको बतइएको छ ।


बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पतालले जानकारी दिएको छ ।


हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।


भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने जनाएको छ ।


यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस आपराधिक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताए ।


ट्रक र बस ठोक्किदा ९ जनाको मृत्यु


यसैबीच भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनाको एक घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अर्को समाचार छ ।


मध्य प्रदेशको गुना जिल्लामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।


मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट दुई सय किलोमिटर टाढा यो घटना भएको थियो ।


एकजना चालक, उनका सहयोगीसहित ३२ जना यात्रु सवार एक बस गुजरात राज्यतर्फ गइरहेका बेला दुर्घटनामा परेको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७५ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?