१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अमेरिकाद्वारा इरानविरुद्ध 'इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध' लगाउने तयारी

प्रतिबन्धको विपक्षमा इयु
बीबीसी

- — इरानविरूद्ध वाशिङटनले 'इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध' लगाउने तयारी गरिरहेको भन्ने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको भनाइको इरानले निन्दा गरेको छ।

अमेरिकाद्वारा इरानविरुद्ध 'इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध' लगाउने तयारी

इरानका विदेशमन्त्री जवाद जारिफले अमेरिकी विदेशमन्त्री पोम्पेओले कदमहरूले अमेरिका आफ्नै 'असफल नीतिहरू'को बन्दी भएको र यसको नराम्रो परिणाम भोग्नुपर्ने बताएका छन्।


युरोपेली संघ(इयु)को विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन्।


'इरानसँगको सन् २०१५ को आणविक सम्झौताबाट बाहिरिँदा मध्यपूर्व कसरी सुरक्षित हुनसक्छ भन्ने देखाउन पोम्पेओ विफल भएका छन्,' उनले टिप्पणी गरेकी छिन्, 'यसै महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको सम्झौताबाट बाहिरिने संकेत गरे पनि त्यसको विकल्प बारे अमेरिकाले कुनै तयारी गरेको पनि देखिएन । तर यदी इरान आफूले गरेको सम्झौतामा प्रतिबद्ध रहे इयुले पनि सम्झौताको पालना गर्ने छ ।'


अमेरिकी विदेशमन्त्री पोम्पेओले नयाँ सम्झौताका लागि इरानले सिरियाबाट आफ्ना फौज फिर्ता बोलाउनुपर्ने र यमनमा विद्रोहीहरूलाई समर्थन दिन बन्द गर्नुपर्ने शर्त अघि सारेका छन्।


यसअघिका अमेरिकी प्रतिबन्धले इरानसँगको सबै प्रकारको व्यापारमा रोक लगाएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?