२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कंगोमा डुंगा डुब्दा ५० को मृत्यु

बीबीसी

सुआपा — कंगोको सुआपा प्रान्तस्थित एक नदीमा शुक्रबार डुंगा डुब्दा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

कंगोमा डुंगा डुब्दा ५० को मृत्यु

सुआपा प्रान्तका अधिकारीले दुर्घटनाको कारण स्पष्ट हुन नसकेको बताएका छन् । उनीहरुले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । सुआपाका उप(गभर्नर रिचार्ड म्योब्योले दुर्घटनामा ५० जना बाँच्न सफल भएको जनाए । उनले उक्त डुंगा गैरकानुनी रूपमा रातभर सञ्चालन गरिएको पाइएको बताए ।


सडक तथा रेलमार्ग निकै कम रहेको कंगोमा डुंगा यातायातका प्रमुख साधन मानिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोमा डुंगा दुर्घटनका घटना बारम्बार हुने गर्छन् ।


अधिकारीका अनुसार शुक्रबार डुबेको डुंगा मोन्कोटोबाट बन्डाकातर्फ गइरहेको थियो । मोन्डाकामा हालै इबोला भाइरसको समेत संक्रमण देखिएको थियो ।


कंगो नदीको प्रयोग गर्ने व्यापारीहरुका कारण अधिकारीले इबोला किन्सासाका करिब १० लाख मानिसमा संक्रमण फैलन सक्ने आशंका व्यक्त गरेका छन् । कंगोमा गत महिना भएको डुंगा दुर्घटनामा कम्तीमा ४० जनाको ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?