कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

किम र मुनबीच आकस्मिक भेट

बीबीसी

सोल — उत्तर र दक्षिण कोरियाली नेताले शनिबार आकस्मिक भेटवार्ता गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच दुई देशको सीमाको गैरसैनिक क्षेत्रमा भेटवार्ता भएको हो ।

किम र मुनबीच आकस्मिक भेट

किम र मुनबीच दोस्रोपटक भेटवार्ता भएको हो । यसअघि गत अप्रिलमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

दुई नेताबीच अमेरिका र उत्तर कोरियाबीच आगामी महिना हुने भनिएको वार्ताका विषयमा कुराकानी भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एकतर्फी रूपमा उत्तर कोरियासँगको वार्ता रद्द गरेको घोषणा गरेका थिए । तर उनले शुक्रबार निर्धारित समयमै वार्ता हुन सक्ने संकेत गरे । दक्षिण कोरियाली राष्ट्रपति मुनको कार्यालयका अनुसार दुई नेताबीच शनिबार दिउँसो ३ देखि ५ बजेको समयमा भेटवार्ता भएको हो । ‘दुवै नेताहरूले उत्तर कोरिया र अमेरिकाबीचको शिखर वार्ताबारे आ–आफ्नो विचार’ राखेको अधिकारीले बताए ।

राष्ट्रपति मुनले वार्ताको थप विवरण भने आइतबार मात्रै सार्वजनिक गर्ने जनाइएको छ । गत अप्रिल २७ मा भएको शिखर बैठकमा किम र मुनबीच सन् १९५३ मा कोरियाली द्वीपमा भएको युद्धबिरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न सहमत भएका थिए । बैठकमा उत्तर कोरिया नि:शस्त्रीकरण गर्न सहमत भएको थियो । त्यसका लागि उत्तर कोरियाले पुङ्गे–रीस्थित परमाणु परीक्षण केन्द्र ध्वस्त पारिसकेको छ । त्यसको केही घण्टामै ट्रम्पले बिहीबार ‘अथाह आतंक र खुला शत्रुता’ को कारण देखाउँदै जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ता रद्द गरेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?