कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुर्घटनामा २२ को मृत्यु 

बीबीसी

कम्पाला — उत्तरी युगाण्डामा आइतबार भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको ज्यान गएको छ । 
अधिकारीका अनुसार मृत्यु हुनेमा ३ बालबालिका छन् ।

दुर्घटनामा २२ को मृत्यु 

एएफपी समाचार संस्थाका अनुसार एक यात्रुबाहक बसले रातिको समयमा हेडलाईन नबाली चलाईरहेको ट्याक्टरलाई ठक्कर दिएलगत्तै अर्को ट्रकसँग ठोकिएको थियो ।


दुर्घटना राजधानी कम्पालादेखि २ सया २० किलोमिटर उत्तरमा पर्ने क्रियान्डोन्गोमा भएको हो । प्रहरी प्रवक्ता एमिलियान कयिमाले ‘दुर्घटनामा घाइतको उद्धार गरिएको’ बताइन् ।


स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । सडक यातायातमा असुरक्षित मानिने युगाण्डामा सन् २०१५ देखि २०१७ भित्रमा करिब १० हजार मानिसको सडक दुर्घटनामा ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?