६२ रोहिंग्या शिविर पुगे

सिन्हवा

यांगुन — गत वर्ष म्यान्मारको राखिने राज्यमा फैलिएको हिंसापछि विस्थापित रोहिंग्या शरणार्थीमध्ये ६२ जना आइतबार स्वदेश फिर्ता भएका छन् ।

उनीहरूलाई राखिने राज्यस्थित ङखुया शिविरमा राखिएको म्यान्मारका अधिकारीले जनाएका छन् । फिर्ता भएका रोहिंग्यामध्ये ५८ म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका हुन् भने ४ जना जेलबाट रिहा भएका व्यक्ति छन् । उनीहरू केही समयपहिले सरकारी प्रक्रियाको बेवास्ता गर्दै स्वदेश फर्कने क्रममा म्यान्मारका अधिकारीले पक्राउ गरेका छन् । राष्ट्रपतिले क्षमादान दिएपछि उनीहरूलाई राखिनेस्थित शरणार्थी शिविरमा पुर्‍याइएको हो ।

म्यान्मार र बंगालदेशबीच गत वर्ष भएको सहमतिअनुसार फिर्ता भएका रोहिंग्यालाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने पनि अधिकारीले जनाएका छन् ।

Yamaha

दुई देशबीच राखिने राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बंगलादेशका विभिन्न स्थानमा बसोबास गर्दै आएका रोहिंग्यालाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो ।

म्यानमारले प्रमाणीकरण प्रक्रिया पूरा गरी फिर्ता हुने रोहिंग्या शरणार्थीलाई दुई छुट्टै शिविर मार्फत भित्र्याउने व्यवस्था गरेको समेत जनाएको छ ।

गत वर्ष अराकन रोहिंग्या मुक्ति सेनाले गत वर्षको अगस्ट २५ मा राखिने राज्यस्थित प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाहीमा सयौं मानिसको ज्यान गएको थियो । साथै करिब ७ लाखको संख्यामा रोहिंग्याहरू शरण लिन बंगलादेश पुगेका थिए ।

Esewa Pasal

प्रकाशित : जेष्ठ १४, २०७५ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाकिस्तानमा जुलाई २५ मा आमनिर्वाचन

एएफपी

इस्लामावाद — पाकिस्तानमा आगामी जुलाई २५ मा आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पीटीभीका अनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ मा निर्वाचन गर्ने प्रस्ताव स्वीकृत गरेका हुन् ।

पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म ३ दिनमध्ये एक दिन निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

आमनिर्वाचनसँगै जुलाई २५ मै ४ वटै प्रान्तका प्रान्तीय सांसदका लागि पनि निर्वाचन हुने तय भएको अधिकारीहरूले जनाएका छन् । वर्तमान सरकारको कार्यकाल भने यही मे ३१ मा पूरा हुने भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्णरूपमा तयार रहेको जनाएको छ भने राजनीतिक दलले पनि निर्वाचनको प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।

आफ्नो पार्टीले जित्ने इमरान दाबी
यसैबीच, पाकिस्तानका पूर्वक्रिकेटर तथा पाकिस्तान तेहरिक–ए–इन्सासफका नेता इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने दाबी गरेका छन् ।

उनले देशमा भइरहेको भ्रष्टाचार र बेथितीविरुद्ध आफ्नो पार्टी उभिएको बताउँदै जनताले विजयी गराउने दाबी गरे । उनले निर्वाचनले अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफलगायतलाई निर्वाचन मार्फत जनाताले पाखा लगाउने बताए । खानले आफूले अन्य दलले भन्दा अघिदेखि नै चुनावी प्रचारप्रसारमा तीव्रता दिएकाले पनि जित सुनिश्चित भएको दाबी गरे ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT