३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

६२ रोहिंग्या शिविर पुगे

सिन्हवा

यांगुन — गत वर्ष म्यान्मारको राखिने राज्यमा फैलिएको हिंसापछि विस्थापित रोहिंग्या शरणार्थीमध्ये ६२ जना आइतबार स्वदेश फिर्ता भएका छन् ।

६२ रोहिंग्या शिविर पुगे

उनीहरूलाई राखिने राज्यस्थित ङखुया शिविरमा राखिएको म्यान्मारका अधिकारीले जनाएका छन् । फिर्ता भएका रोहिंग्यामध्ये ५८ म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका हुन् भने ४ जना जेलबाट रिहा भएका व्यक्ति छन् । उनीहरू केही समयपहिले सरकारी प्रक्रियाको बेवास्ता गर्दै स्वदेश फर्कने क्रममा म्यान्मारका अधिकारीले पक्राउ गरेका छन् । राष्ट्रपतिले क्षमादान दिएपछि उनीहरूलाई राखिनेस्थित शरणार्थी शिविरमा पुर्‍याइएको हो ।

म्यान्मार र बंगालदेशबीच गत वर्ष भएको सहमतिअनुसार फिर्ता भएका रोहिंग्यालाई आवश्यक प्रमाणीकरण प्रक्रियापछि ह्लाफो खाउङ शरणार्थी शिविरमा लगिने पनि अधिकारीले जनाएका छन् ।

दुई देशबीच राखिने राज्यबाट विस्थापित भई शरणार्थीका रूपमा बंगलादेशका विभिन्न स्थानमा बसोबास गर्दै आएका रोहिंग्यालाई फिर्ता गराउन गत वर्षको नोभेम्बर २३ मा सम्झौता भएको थियो ।

म्यानमारले प्रमाणीकरण प्रक्रिया पूरा गरी फिर्ता हुने रोहिंग्या शरणार्थीलाई दुई छुट्टै शिविर मार्फत भित्र्याउने व्यवस्था गरेको समेत जनाएको छ ।

गत वर्ष अराकन रोहिंग्या मुक्ति सेनाले गत वर्षको अगस्ट २५ मा राखिने राज्यस्थित प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी पक्षबाट भएको कारबाहीमा सयौं मानिसको ज्यान गएको थियो । साथै करिब ७ लाखको संख्यामा रोहिंग्याहरू शरण लिन बंगलादेश पुगेका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?