ट्रम्प–किम वार्तामा मुन सहभागी हुने

बीबीसी

सोल — आगामी महिना उत्तर कोरिया र अमेरिकाबीच हुने शिखर बैठकमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन सहभागी हुने जनाइएको छ ।

ट्रम्प–किम वार्तामा मुन सहभागी हुने

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका अधिकारीले मुनको उपस्थितिले दुई देशबीचको वार्ता सफल हुने विश्वाससमेत व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच यही जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुँदै छ ।

यसअघि गत बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर वार्ता रद्द हुने बताए पनि शनिबार आफू वार्ताका लागि तयार रहेको बताएका थिए । उत्तर कोरियाली शासकले पहिलोपटक वहालवाला अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन् ।

दुई देशबीचको वार्ता कोरियाली प्रायद्वीपलाई परमाणु नि:शस्त्रीकरणका विषयमा केन्द्रित हुने जनाइएको छ । तर अमेरिका र उत्तर कोरियाबीच नि:शस्त्रीकरणका के भन्नेबारे भने केही मतभेद रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारी उत्तर कोरियामा अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको शिखर वार्ताबारे छलफल गर्न अमेरिकी अधिकारीहरूको एक टोली सोमबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेको छ ।

अमेरिकी टोली ट्रम्प र किमबीच हुने सम्भाव्य शिखर वार्ताको तयारीका लागि उत्तर कोरिया पुगेको हो । दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु नि:शस्त्रीकरणका विषयमा केन्द्रित रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार दुई कोरियाली सीमा क्षेत्रको क्षेत्र पान्मुन्जोम पारिको उत्तर कोरियाली भू–भागमा दुई पक्षबीच छलफल भएको छ ।

अमेरिकी टोलीको नेतृत्व दक्षिण कोरियाको लागि अमेरिकी पूर्वराजदूत सुङ किमले गरिरहेका छन् । त्यसैगरी, उत्तर कोरियाली टोलीको नेतृत्व उपविदेशमन्त्री चोए सोन हुईले गरेका छन् । शिखर वार्तामा उत्तर कोरियाली परमाणु नि:शस्त्रीकरणका विषयले प्रमुखता पाउने अपेक्षा गरिएको छ ।

दुवै पक्षले अहिले त्यही मुद्दाका अन्तर्वस्तुका विषयमा छलफल गरिरहेको ठानिएको छ । गत साता ट्रम्पले सिंगापुर बैठक नहुने बताए पनि दुवै पक्ष फेरि वार्ताको तयारीमा जुटिरहेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?