कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

एजेन्सी

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्चअधिकारी अमेरिका प्रस्थान गरेका छन् ।

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

उत्तर कोरियाको वर्कस् पार्टी केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बेइजिङ हुँदैं अमेरिका हिडेका हुन् । उनले बुधबार बेइजिङका अधिकारीसंग सिंगापुर वार्ताका बारेमा आवश्यक परामर्श भेट गरेको जनाइएको छ । उनी बेइजिङबाट बुधबार नै अमेरिका प्रस्थान गरेका थिए ।


उत्तर कोरियाली विशेष दूतका रुपमा अमेरिकामा रहँदा किमले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग आवश्यक भेट र परामर्श गर्नेछन् । किम योङ चोल अमेरिकी राष्ट्रपतिसंग भेट गर्ने पहिलो उत्तर कोरियाली नेता हुनेछन् ।


उत्तर कोरियाप्रति संशय व्यक्त गर्दै ट्रम्पले गत साता किमसंगको वार्ता रद्ध भएको घोषणा गरेका थिए । तर अहिले दुवै देशले शिखर सम्मेलनको तयारी गरिरहेका छन् । ट्रम्पले ट्वीट गर्दै शिखर सम्मेलनलाई दृष्टिगत गर्दै बैठकहरु भइरहेको र उत्तर कोरियासंगको वार्ताका लागि उत्कृष्ट टीम तयार पारेको बताएका छन् ।


अमेरिकी अधिकारीसंगको वार्तामा उपाध्यक्ष किमले शिखर सम्मेलनमा उत्तर कोरिया के चाहन्छ भन्ने विषय राख्नेछन् । उनी नै उत्तर कोरियाली वार्ता टोलीका महत्वपूर्ण व्यक्ति रहेको जनाइएको छ ।


७२ वर्षीय किम उत्तर कोरियाली गुप्तचर विभागका पूर्वप्रमुख पनि हुन् । उनलाई दक्षिण कोरियामा विवादित व्यक्तिका रुपमा हेरिन्छ । गुप्तचर विभाग प्रमुख रहेका बेला दक्षिण कोरियाली सैन्य अखडामा आक्रमणमा उनको हात रहेको आरोप लाग्दै आएको छ । सन् २०१४ मा सोनी पिक्चर्समा भएको ह्याकिङमा उनको हात रहेको बताइएको छ । यो घटनापछि अमेरिकाले उनलाई निजी रुपमा अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?