जुकरबर्गलाई रूसी संसद्मा निम्तो

सिन्हवा

मस्को — रूसको माथिल्लो सदनलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निम्तो दिइएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्ने गरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भियेन्कोले बुधबार जनाएका छन् ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए ।

Yamaha

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जंगली च्याउले तीनजना गम्भीर बिरामी

कान्तिपुर संवाददाता

विराटनगर — मोरङको लेटाङ नगरपालिका–६ लाखबारीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् । 

जंगलबाट टिपेर ल्याएको च्याउ खाएर स्थानीय ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी मगर र बुहारी ३० वर्षीया सुकमाया मगर गम्भीर बिरामी भएको प्रहरीले जनाएको छ । तीनैजनाको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT