स्पेनी प्रधानमन्त्रीमा सान्चेजद्वारा शपथ 

एजेन्सी

म्याड्रिड — स्पेनका समाजवादी नेता पेद्रो सान्चेजले शनिबार नयाँ प्रधानमन्त्रीका लागि शपथ लिएका छन् । उनलाई स्पेनका राजा फेलिपले शपथ खुवाएका हुन् । 

स्पेनी प्रधानमन्त्रीमा सान्चेजद्वारा शपथ 

उनी आगामी संसदीय चुनावअघि दुई वर्षका लागि स्पेनको प्रधानमन्त्री हुने जनाइएको छ ।


उनी स्पेनी प्रधानमन्त्री मारियानो राखोयविरुद्ध शुक्रबार संसद्मा पेस गरेको अविश्वास प्रस्तावको पक्षमा ६ दलको समर्थन पाएका थिए ।


भ्रष्टाचार मुद्दामा विवादित राखोयले १ सय ६९ सांसदको समर्थन पाउँदा उनले १ सय ८० को समर्थन जुटाएका हुन् ।


राखोय आधुनिक स्पेनको इतिहासमा अविश्वासको प्रस्तावमा पराजित हुने पहिलो प्रधानमन्त्री हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?