भारतद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण 

एजेन्सी

उडिसा — भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नि–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापुको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक क्षेप्यास्त्र अग्नि–५ को बिहान ९:४८ मा सफल परीक्षण गरिएको हो ।

भारतद्वारा शक्तिशाली क्षेप्यास्त्र परीक्षण 

अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रले ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने भारतीय अधिकारीले जनाएका छन् । क्षेप्यास्त्र चीनका अधिकांश भू–भागमा पुग्ने क्षमता भएको जनाइएको छ ।

अग्नि–५ सबैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैटौं सफल परीक्षण हो । यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो ।


अग्नि शृंखलाको अग्नि–५ क्षेप्यास्त्र प्रणाली इन्टिग्रेटेड गाइडेड क्षेप्यास्त्र डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको मौलिक हतियार हो ।

प्रकाशित : जेष्ठ २०, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?