कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौंको मृत्यु, सयौं घाइते

बीबीसी

काठमाडौँ — ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, दर्जनौंको मृत्यु, सयौं घाइते

ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा र खरानीले आकाश ढाकेको छ ।


लाभाको नदीले ज्वालामुखी नजिकै रहेको गाउँ एल रोडियोलाई आफ्नो चपेटामा लिएको छ । लाभाका कारण बस्तीका सबै घर जल्नुका साथै घर भित्र रहेका मानिसहरु पनि डढेको हुनसक्ने अनुमान गरिएको छ ।


ग्वाटेमालाको ला औरोरा विमानस्थललाई बन्द गरिएको छ ।


राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय आपतकालिन संयन्त्रलाई सक्रिय पारेको जानकारी दिएका छन् । विस्फोटबाट तीनवटा गाउँ पूर्ण रुपमा प्रभावित भएकाले हताहत हुने संख्या बढ्न सक्ने राष्ट्रपतिले बताएका छन् ।


प्रकाशित : जेष्ठ २१, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?