जब प्रधानमन्त्री अाफैँले भुईँ सफा गरे...

काठमाडौँ — नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटको एउटा भिडियो भाइरल भएको छ । संसद भवन परिसरमा हिडिरहेको बेला अचानक कफी पोखिएको कफी प्रधानमन्त्री मार्कले आफैँले सफा गरेको भिडियो भाइरल बनेको हो । 

जब प्रधानमन्त्री अाफैँले भुईँ सफा गरे...

कफी पोखिएपछि मार्कले गिलास उठाए र सरसफाई गर्ने एक कर्मचारीको हातबाट भुईँ पुछ्ने 'मप' लिए र सफा गर्न थाले । प्रधानमन्त्रीले भुईँ सफा गरिरहँदा संसद भवनका क्लीनर्सहरुले ताली पड्काउदै उनको तारिफ गरे ।


एक जना क्लीनरले झाडू खोस्न खोजेपनि प्रधामन्त्री मार्कले मानेन् । सबै आफैँले सफा गरे । भुईँ सफा गर्न उनले झाडू र रुमाल प्रयोग गरेका थिए ।


डज कुटनीतिज्ञ सिज भेन भिकले उक्त भिडियो मंगलबार सामाजिक सञ्जालमा हालेका थिए । उक्त सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


प्रधानमन्त्रीको उक्त कार्यलाई सबैले प्रंशसा गरेका छन् । ५१ वर्षीय यी अविवाहित प्रधानमन्त्री विगत ८ वर्षदेखि सत्तामा छन् ।


प्रधानमन्त्री रुट हेगमा रहेको एउटा माध्यमिक विद्यालयमा हप्ताको दुई घण्टा अध्यायपन समेत गराउँछन् ।

प्रकाशित : जेष्ठ २३, २०७५ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?