ग्वाटेमालामा फेरि ज्वालामुखी बिस्फोट, मृत्यु हुनेको संख्या ७५ पुग्यो, १ सय ९२ बेपत्ता

उद्दार प्रभावित
एजेन्सी

ग्वाटेमाला सिटी — ग्वाटेमालामा गत आइतबार बिस्फोट भएको फ्युगो ज्वालामुखीमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने १ सय ९२ जना हराइरहेका छन् । यस्तै, ३ सय जना घाइते भएका छन् । उनीहरु ज्वालामुखीको खरानी र माटोमा पुरिएको आशंका गरिएको छ ।

ग्वाटेमालामा फेरि ज्वालामुखी बिस्फोट, मृत्यु हुनेको संख्या ७५ पुग्यो, १ सय ९२ बेपत्ता

मंगलबार पनि नया बिस्फोटबाट निस्किएको तातो ग्यास र पग्लिएका चट्टान प्रभावित क्षेत्रतर्फ बग्न थालेपछि उद्दार प्रभावित भएको छ ।


ज्वालामुखीका लाभा बस्तीमा प्रवेश गरेपछि १७ लाख मानिस प्रभावित भएका छन् भने ३ हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आइतबार १० किलोमिटर टाढासम्म खरानी फैलिएपछि ज्वालामुखीविद्हरुले अब तत्काल बिस्फोट नहुने बताइरहेका बेला मंगलबार भएको बिस्फोटले धेरैलाई आश्चर्यचकित तुल्याएको थियो । ग्वाटेमालाको नेशनल इन्सिच्युट अफ सिस्मोलोजीका प्रमुख एडी सान्चेजले केही दिन ज्वालामुखी बिस्फोट नहुने बताएका थिए ।


उद्दार कार्य चलिरहेका बेला दोस्रोपटक बिस्फोट भएपछि मानिसहरुको भागाभाग चलेको थियो । अधिकारीहरुले स्थानीय बासिन्दालाई पुन: सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका छन् भने राष्ट्रिय राजमार्ग बन्द गरिएको छ ।


आइतबारको ज्वालामुखीअघि कुनै पनि अलर्ट जारी गरिएको थिएन । स्थानीय बासिन्दालाई आपत्कालिन अवस्थाबारे तालिम दिइएपनि आकस्मिक घटना भएका कारण कार्यान्वयनमा ल्याउन सकेनन् ।

प्रकाशित : जेष्ठ २३, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?