१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पनि प्रस्थान

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतबार नै अबेर पुग्ने कार्यक्रम छ ।

शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पनि प्रस्थान

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन् । उनी त्यतैबाट सिङ्गापुर जाने तयारीमा छन् ।


राष्ट्रपति ट्रम्पले आफू त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताइसकेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मंगलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ ।


सिङ्गापुर सरकारले पनि यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।


उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै छन् ।


सिङ्गापुर पुगेका किमले यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । ट्रम्प र किमबीचको वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् ।


उक्त शिखर वार्ताको समाचार संकलनका लागि विश्वका कैयौँ देशका पत्रकारहरु सिङ्गापुर पुगिसकेका छन् । सबैभन्दा धेरै अमेरिकी पत्रकार रहेको बताइएको छ ।


यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ ।


गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो ।


सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ ।


आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाइ छ ।


प्रकाशित : जेष्ठ २७, २०७५ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?