कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मलाला आक्रमणका नाइके मारिए 

सीएनएन

काबुल — अफगानिस्तानको उत्तर–पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले गरेको आक्रमणमा एक वरिष्ठ तालिवान विद्रोही नेता मारिएका छन् ।

मलाला आक्रमणका नाइके मारिए 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बुधबार अफगानिस्तास्थित अमेरिकी सेनाको ड्रोन आक्रमणमा मुल्लाह फजलुल्लाहको मृत्यु भएको हो । उनले मानव अधिकारवादी मलाला युसुफजाईमाथि सन् २०१२ मा भएको आक्रमणको नेतृत्व गरेका थिए ।


मलालाले मानवअधिकार तथा महिला शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत सन् २०१४ को नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । अफगानिस्तास्थित अमेरिकी सेनाका प्रवक्ता लेफ्टीनेन्ट कर्नेल मार्टिन ओ डोनेलले मुल्लाह पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गरिएको हमलामा मारिएको बताए ।


मलालामाथि स्वात्त उपत्यकामा भएको आक्रमणका समय मुल्लाहले पाकिस्तानी तालिवानको नेतृत्व गरेका थिए ।


प्रकाशित : असार १, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?