कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ट्रम्प नीतिको कडा आलोचना

चीन–अमेरिका कर विवाद
बीबीसी

बेइजिङ — चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक आलोचना भएको छ । ट्रम्पले शुक्रबार चीनले बौद्धिक सम्पत्ति चोरी गरेकोआरोप लगाउँदै ५० अर्ब डलर मूल्य बराबरका चिनियाँ सामानहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।

ट्रम्प नीतिको कडा आलोचना

चिनियाँ सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पको आलोचना गर्दै भनेका छन्, ‘बुद्धिमान मान्छेले पुल बनाउँछ, मूर्खहरूले पर्खाल ।’ वार्षिक व्यापारमा करिब ३४ अर्ब डलर मूल्य बराबरको असर पर्ने गरी ५ सय ६९ सामानहरूमा लगाइएको कर ६ जुलाईदेखि लागू हुने बताइएको छ ।

ह्वाइटहाउसले १६ अर्ब डलर मूल्यका उत्पादनबारे टिप्पणी गर्ने र चीनले बदला लिए थप कर लगाउने चेतावनी समेत दिएको छ । उक्त निर्णयसँगै शनिबार अमेरिकी स्टक मार्केटमा समेत गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपतिको यस्तो निर्णय आएसँगै चीनले त्यसको जवाफस्वरूप प्रतिवाद गर्ने जनाइसकेको छ । यसअघि पनि चीनले ट्रम्पको अतिरिक्त कर लगाउने निर्णयको उस्तै प्रकारको जवाफ दिने चेतावनी दिएको थियो । दुई देशबीचको पछिल्लो विवादसँगै व्यापार युद्ध बढ्ने खतरा बढ्दै गएको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफ्नो पछिल्लो निर्णय चीनले गर्दै आएको अमेरिकी प्रविधिको नक्कल तथा बौद्धिक चोरी रोक्नका लागि अत्यावश्यक भएको बताउने गरेका छन् । साथै उनले आफ्नो निर्णयले अमेरिकी रोजगारीको रक्षा गर्ने दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ति गुमाएको सहन नसक्ने बताएका छन् । चिनियाँ राज्य नियन्त्रित सञ्चार माध्यमहरू ट्रम्पको नीतिको खुलेरै विरोधमा उत्रेका छन् ।

चीनले बौद्धिक सम्पत्ति र उत्पादनका उपायहरू चिनियाँ कम्पनीहरूमा पठाउन प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने अमेरिकाले चाहेको छ । अमेरिकी राजदूत रोबर्ट लाइटहाइजरले ट्रम्पले समस्याको पहिचान गरेको र देशको भविष्य समृद्ध बनाउन निष्पक्ष व्यापार र अमेरिकाको प्रतिस्पर्धी स्वभावको संरक्षण गर्न अडान लिनुपर्ने दाबी गरे ।

गत शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गङ स्वाङले अमेरिकाले व्यापार प्रतिबन्ध लगाए चीन र अमेरिकाबीचको व्यापार वार्ता त्याग्ने चेतावनी दिएका थिए । उनले अमेरिकाले चीनको चासोलाई हानि गर्ने एकपक्षीय र रक्षात्मक उपाय अवलम्बन गरे तुरुन्तै प्रतिक्रया दिने चेतावनी दिए ।

प्रकाशित : असार ४, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?