कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जम्मु कश्मिर सरकारबाट भाजपा अलग, मुख्यमन्त्रीले दिइन् राजीनामा 

नयाँदिल्ली — पछिल्लो समय जम्मुकश्मिरमा बढो हत्या हिंसा र त्यसबाट बिकसित राजनीतिक अन्यौलबीच भारतीय जनता पार्टी (भाजपा) प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको छ । भाजपा महासचिव राम माधवले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

जम्मु कश्मिर सरकारबाट भाजपा अलग, मुख्यमन्त्रीले दिइन् राजीनामा 

राज्यमा शान्ति सुरक्षा कायम गर्न नसकेको, आतंकवादलाई नियन्त्रण गर्न नसकेको लगायतमा सरकार असफल भएको आरोप लगाउादै समर्थन फिर्ता लिएको हो । साथै राष्ट्रपति शासनको माग समेत गरेको छ ।


बीजेपीको उक्त निर्णय प्रति पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले आश्चर्य ब्यक्त गरेको छ । र लगत्तै पीडिपी प्रमुख तथा मुख्यमन्त्री मेहमुबा मुफ्तीले पदबाट राजिनामा दिएकी छिन् । मुक्तीको राजीनामासंगै जम्मुकश्मिरमा थप अन्योल सिर्जना भएको छ ।


बिजेपीको निर्णयलाई लिएर बिभिन्न अडलबाजी शुरू भएको छ । केही राजनीतिक बिश्लेषकहरूले यसलाई बीजेपीको आगामी बर्ष हुने लोकसभा चुनाव लक्षित प्रोपोगाण्डा समेत भनेका छन् ।


प्रतिपक्षी कंग्रेस आइले गठबन्धन टुट्नु जनताका लागि सुखद भएको बताएको छ । पार्टीका महासचिव तथा पूर्व मुख्यमन्त्री गुलाबनबि आजादले भाजपाले पछिल्लो तीन बर्षमा कश्मिरमालाई बर्बाद पारेर अहिले सरकार छाडेको आरोप लगाएका छन् ।

पीडीपी र बीजेपीबीच पछिल्लो असमझदारी चर्किदै गएको थियो । इदका बेला घोषणा गरिएको युद्धबिरामलाई निरन्तरता नदिएकोमा पीडीपी केन्द्र सरकारसंग असन्तुष्ट बनेको थियो । बरिश्ठ पत्रकार सुजत बुखारीको हत्यापछि केन्द्र र राज्य दुवैको तिब्र आलोचना शुरू भएको थियो ।


यसैबीच, भारतीय कंग्रेसले हाल सरकारमा जाने कुनै सम्भावन नरहेको जनाएको छ । मुख्यमन्त्रीको राजीनामासँगै राज्यमा थप अस्थिरता बढ्नसक्ने आशंका गरिएको छ ।


जम्मु कश्मिरमा सन् २०१५ मा भएको निर्वाचनमा पीडीपीले २८ तथा भाजपाले २५ स्थानमा जीत हासिल गरेका थिए । राज्यसभामा कुल ८९ विधायक रहेको जम्मु कश्मिरमा सरकार गठनका लागि ४४ सीट आवश्यक पर्छ ।

प्रकाशित : असार ५, २०७५ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?