२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

क्यानडामा गाँजा वैध

बीबीसी

ओट्टावा — क्यानडामा गाँजाको प्रयोगलाई वैध बनाइएको छ । क्यानडाको संसद्ले मंगलबार ‘गाँजासम्बन्धी कानुन’ पास गरेको हो ।

क्यानडामा गाँजा वैध

यो कानुनले गाँजाको उत्पादन, वितरण एवं बिक्रीलाई नियन्त्रण र नियमन गर्छ । अब क्यानडेलीहरूले यसै वर्षको सेप्टेम्बरबाट गाँजा कानुनी रूपमा किन्न र ‘मनोरञ्जन’ का हिसाबले उपभोग गर्न पाउनेछन् ।

नयाँ कानुनअनुसार १८ वर्ष पुगेका व्यक्तिले सार्वजनिक रूपमा ३० ग्रामसम्म सुकेको गाँजा किन्न पाउनेछन् । क्यानडा गाँजालाई वैध बनाउने दोस्रो मुलुक हो । सन् २०१३ को डिसेम्बरमा उरुग्वले पहिलोपटक गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई वैध बनाएको थियो । धेरै अमेरिकी राज्यहरूमा पनि गाँजा प्रयोगलाई कानुनी मान्यता दिइएको छ ।

गाँजालाई क्यानडामा सन् १९२३ मा गैरकानुनी बनाइएको थियो । औषधिको रूपमा प्रयोग गर्न भने सन् २००१ देखि खुला गरिएको थियो । यसै साता शाही अनुमोदनपछि सरकारले कानुन लागू हुने मिति तोक्नेछ । सरकारले गाँजाको बजार स्थापना गर्न प्रान्त, क्षेत्र तथा नगरपालिकालाई ८ देखि १२ सातासम्मको समय दिने अनुमान गरिएको छ ।

प्रकाशित : असार ७, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?