अमेरिकी आप्रवासी नीति : ‘परिवार अलग गर्दैनौं’

बीबीसी

वासिङ्टन — गैरकानुनी रूपमा अमेरिका प्रवेशका गरेका आप्रवासीका सन्तानालाई उनीहरूबाट अलग गर्ने ट्रम्प नीतिको व्यापक विरोध भएपछि उनीहरूलाई आफ्ना आमाबाबुसँगै बस्ने अनुमति दिइएको छ ।

अमेरिकी आप्रवासी नीति : ‘परिवार अलग गर्दैनौं’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यलाई सँगै बस्न अनुमति दिने आदेशमा बिहीबार हस्ताक्षर गरेको जनाएका छन् ।


दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमाबुवाबाट छुट्याउने अमेरिकी कदमको अन्तर्राष्ट्रियस्तरमा निकै आलोचना भएपछि आफ्नो विगतको अडानबाट ट्रम्प पछि सरेका हुन् ।

बच्चाहरूका सार्वजनिक भएसँगै ट्रम्पले ‘उनीहरूका तस्बिर हेरर आफू विचलित भएको’ बताए । ट्रम्पले बालबालिकालाई अभिभावकबाट अलग राख्ने नीति उल्टयाउने आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले परिवारलाई एकै ठाउँमा राखिने जनाए । तर राष्ट्रपति ट्रम्पे उक्त नीति कहिलेदेखि कार्यान्वयनमा आउनेछ भन्नेबारे केही उल्लेख गरेनन् । तर ट्रम्प आप्रवासीको अमेरिकामा हुने गैरकानुनी आगमन रोक्न भने आफू अझै गम्भीर रहेको बताए । उनले भने, ‘हामी परिवारका सदस्यलाई सँगै राख्न चाहन्छांै । तर हामी हाम्रो सीमा पनि बलियो बनाउन प्रतिबद्ध छौं ।’


यसअघि, ट्रम्पले अमेरिकालाई ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका थिए । उनले राष्ट्रपतिमा निर्वाचित भएदेखि नै आप्रवासीबारे कडा नीति अख्तियार गर्दै आएका छन् । पछिल्लो समय आप्रवासी नीतिका कारण ६ सातामा अमेरिकी अधिकारीले करिब २ हजार बालबालिकालाई आफ्ना बाबुआमासँग अलग गरेको समाचार सार्वजनिक भएपछि ट्रम्पको तीव्र आलोचना हुँदै आएको छ ।


गत मंगलबार अमेरिकी राष्ट्रपति कार्यालय हाइटहाउसमा बोल्दै ट्रम्पले युरोपमा आप्रवासीका कारण ठूलो समस्या उत्पन्न भएको बताएका थिए । उनले लाखौं आप्रवासीलाई बसोबास अनुमति दिएर युरोपेली देशले ठूलो गल्ती गर्दै आइरको दाबी गरेका थिए ।


ट्रम्पले जर्मन चान्सर एन्जेला मर्केलले आप्रवासीसम्बन्धी नरम नीति लिएको भन्दै नामै तोकेरै आलोचना गरे । आप्रवासीसम्बन्धी मुद्दाका कारण जर्मनहरू आफ्नो नीति तथा नेताको विरोधमा उभिएको ट्रम्पको आरोप छ । हालैका दिनमा मर्केल तथा उनका आन्तरिक मामिला मन्त्रीबीच आप्रवासी मुद्दाबारे मतभेदमा उत्पन्न भएको छ ।


यसैबीच, आप्रवासीसम्बन्धी समस्या अमेरिकी संसद्मा प्रवेश गरेको छ । संसदो तल्लो सभा हाउस अफ रेप्रिजेन्टेटिभ्समा शुक्रबार आप्रवासी बालबालिकालाई आमाबुवाबाट छुट्याउन नपाइने तथा आप्रवासीका अन्य मुद्दा समेटिएका २ विधेयकमा मतदान हँुदै छ ।

प्रकाशित : असार ८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?