कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

रासस/सिन्ह्वा

जेरुसेलम — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ । छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले जनाएका छन् । 

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।


आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएकाे र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानबिनमा ५९ वर्षीय साराले जरिवानको सजाय पाएकी हुन् ।


उनीमाथि घुस लिएको, झूटा बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ । सारास‌ंगै प्रधानमन्त्री कार्यालयका पूर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोष दुरुपयोगकाे आरोपमा कारबाही भएको छ ।

प्रकाशित : असार ८, २०७५ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?