१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, सयौं घाइते

बीबीसी

अदिस अबाबा — इथियोपियाका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा शनिबार गरिएको विस्फोटमा कयौं मानिसहरु घाइते भएका छन् । अधिकारीहरुले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, सयौं घाइते

यसअघि स्थानीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई उल्लेख गर्दै आक्रमणमा केही मानिसहरुको ज्यान गएको उल्लेख गरेका थिए । प्रधानमन्त्री अबि अहमदले ‘एकिकृत इथियोपिया देख्न नचाहने तत्वले आक्रमण गरेको’ प्रतिक्रिया दिएका छन् ।


आक्रमणमा अहमद भने सुरक्षित छन् । राजधानी अदिस अबाबाको मेस्केल स्क्वायरमा हजारौं मानिसहरु सहभागी र्‍यालीमा ग्रिनेड आक्रमण भएलगत्तै उनलाई सुरक्षित स्थानमा लगिएको थियो ।


प्रधानमन्त्रीका चिफ अफ स्टाफ फिट्सुम अरेगाले ग्रिनेड आक्रमणमा कम्तीमा ८३ जना घाइते भएको जनाए । अहमद गत फेब्रुअरीमा हैलेमरियाम डेसालेग्नले अप्रत्याशित रुपमा राजिनामा दिएपछि प्रधानमन्त्री भएका थिए ।

उनी ओरोमो जातिय समूहबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । उक्त समूहको नेतृत्वमा करिब ३ वर्षसम्म गरिएको सरकार विरोधी प्रदर्शनमा सयौं मानिसहरुको ज्यान गएको थियो । उनीमाथि ओरोमो तथा अत्य केही जातिय समूहको समेत समर्थन छ ।

अहमद सत्तारुढ चारमध्ये मुख्य ओरोमो पिपुल्स डेमोक्रयाटिक अर्गनाइजेशन (ओपिडियो) को नेता हुन् । सैनिक सेवामा समेत काम गरेका अहमद यसअघि विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।


प्रधानमन्त्रीमा नियुक्त भएयता अहमदले विभिन्न सुधारका कार्यहरु गर्दै आएका छन् । उनले सयौं वेभसाईट तथा टेलिभिजन च्यानहरुमाथिको बन्देज फुकुवा गरेको बीबीसीले जनाएको छ ।


प्रधानमन्त्री अहमदले दुई वषसम्म चलेको युद्धपछि सन् २००० मा इरिट्रियासँग भएको शान्ति सम्झौताको पूर्ण कार्यान्वयन गर्न आफू तयार रहेको बताएका थिए । इरिट्रियाले अहमदको र्‍यालीमा भएको आक्रमणको भत्र्सना गरेको छ । त्यसैगरी अदिस अबाबास्थित अमेरिकी दुतावासले ‘इथियोपियाले अर्थपूर्ण राजनीतिक र साजिक सुधारको दिशामा उन्मूख रहेकाले हिंसाको कुनैपनि स्थान नरहेको’ जनाएको छ ।


गत शुक्रबार इथियोपियाको विद्रोही समूहले सरकारविरोधी हिंसा स्थगित गरेको जनाएको थियो । इरिट्रियामा आधारभूमि रहेको गिनबट ७ ले प्रधानमन्त्री अहमदको सुधार योजनाले ‘वास्तविक लोकतन्त्र’ सम्भव हुनसक्ने जनाउँदै हिंसा स्थगित गरेको हो । यद्यपी, इथियोपियाली सरकारमाथि यातना तथा गैरन्यायिक हत्या गरेको आरोप लगाइंदै आएको छ ।


प्रकाशित : असार ९, २०७५ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?