सैन्य अभ्यास रद्द

बीबीसी

वासिङ्टन — अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगको नियमति संयुक्त सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द गरिएको घोषणा गरेको जनाएको छ ।

सैन्य अभ्यास रद्द

पेन्टागनका एक प्रवक्ताले सिंगापुर शिखर बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भएको सहमति कार्यान्वयनमा सघाउनेतर्फ पछिल्लो निर्णय केन्द्रित रहेको बताइएकी छन् । उनले कूटनीतिक वार्ता सुचारु गर्न सैन्य अभ्यास रद्द गरिएको जनाइन् ।

गत जुन १२ मा ट्रम्प र किमबीच भएको ऐतिहासिक शिखर वार्तामा अमेरिका र दक्षिण कोरियाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति भएइको थियो । उक्त निर्णयप्रति आश्चर्य व्यक्त गरे पनि दक्षिण कोरियाले सैन्य अभ्यास अन्त्य गर्न सहमत भएको हो । यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउने गरेका थिए । उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी दक्षिण कोरियाबीच हुने गरेको संयुक्त सैन्य अभ्यासलाई अतिक्रमणको तयारीको रूपमा वर्णन गर्दै आएको छ ।प्योङयाङले अतिक्रमणको तयारीको रूपमा हेर्ने गरेको पृष्ठभूमिमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ ।

प्रकाशित : असार १०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?