२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अमेरिकी पत्रिका कार्यालयमा आक्रमण, ५ को मृत्यु

बीबीसी

मेरिल्यान्ड — अमेरिकाको म्यारिल्यान्ड राज्यको एक दैनिक अखबारको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । गोली प्रहारमा अन्य केही घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी पत्रिका कार्यालयमा आक्रमण, ५ को मृत्यु

हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । क्यापिटल गजेट अखबारका संवाददाताका अनुसार बन्धुकधारी अखबारको कार्यालयको ढोकाबाटै गोली चलाएको उल्लेख छ ।


सेलेन सान फेलिसले सीएनएनलाई गोली प्रहारपछि आफू डेस्कको तल लुकेर ज्यान जोगाएको बताइन् । अपराध संवाददाता फिल डेभिसले आक्रमणपछि अखबारको कार्यालय कुनै युद्धग्रस्त क्षेत्रजस्तो भएको जनाए ।


राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार अधिकारी सराह हकाबी सेन्डर्सले पत्रकारविरुद्धको आक्रमण अमेरिकामाथिकै भएको भन्दै हत्याको निन्दा गरेकी छन् । एनापोलिसस्थित क्यापिटल गजेट भवनभित्र आक्रमण भएको हो ।


अमेरिकी सञ्चारमाध्यमका अनुसार हालै सामाजिक सञ्जालमार्फत अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो । यद्यपी, आक्रमणको कारणबारे भने केही पत्ता नलागेको प्रहरीको भनाइ छ । प्रहरीले आक्रमण योजनाबद्ध रूपमा गरिएको भन्दै अनुसन्धान गरिरहेको जनाएका छ ।


आक्रमणमा संलग्न मेरिल्यान्ड राज्यका ३० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरी अधिकारीले पक्राउ परेका व्यक्तिले अनुसन्धानमा असहयोग गरिरहेको जनाएका छन् । आक्रमणमा ठूलो घातक हतियारको प्रयोग गरिएको जनाइएको छ । उनको झोलाबाट नक्कली ग्रिनेड फेला परेको प्रहरी अधिकारीको भनाइ छ ।


आक्रमणपछि अन्य विभिन्न कार्यालय रहेको व्यापारिक भवनबाट करिब २ सय जनाको सकुशल उद्धार गरिएको थियो ।

प्रकाशित : असार १५, २०७५ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?