१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
विश्व

World

भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा ४७ को मृत्यु 

भारतको उत्तराखण्डमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ११ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । प्रहरीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको पाउरी जिल्लामा भएको हो ।

भारतको उत्तराखण्डमा बस दुर्घटना, कम्तीमा ४७ को मृत्यु 

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । 

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

नयाँ दिल्लीस्थित एक घरमा एकै परिवारका ११ जनाको शव फेला

भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

नयाँ दिल्लीस्थित एक घरमा एकै परिवारका ११ जनाको शव फेला

ब्रसेल्स सम्मेलन : आप्रवासी समस्या समाधान गर्ने सहमति

युरोपियन युनियनका २८ देशका राष्ट्र प्रमुखहरूको ब्रसेल्स सम्मेलन लामो बहसपछि एउटा टुंगोमा पुगेको छ । बिहीबार र शुक्रबार शरणार्थी समस्या एवं ब्रेक्जिटमा केन्द्रित बैठक अन्तत: ‘ब्रेक थ्रु’ भएको ईयू नेताहरूले बताएका छन् ।

ब्रसेल्स सम्मेलन : आप्रवासी समस्या समाधान गर्ने सहमति
असार १६, २०७५
असार १५, २०७५

अमेरिकी पत्रिका कार्यालयमा आक्रमण, ५ को मृत्यु

अमेरिकाको म्यारिल्यान्ड राज्यको एक दैनिक अखबारको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । गोली प्रहारमा अन्य केही घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी पत्रिका कार्यालयमा आक्रमण, ५ को मृत्यु

आप्रवासी समस्या समाधान गर्न युरोपेली नेताहरु सहमत

युरोपियन युनियनका २८ देशका राष्ट्र प्रमुखहरुको ब्रसेल्स सम्मेलन लामो बहसपछि एउटा टुंगोमा पुगेको छ । बिहीबार र शुक्रबार दुई दिन शरणार्थी समस्या एवं ब्रेक्जिटमा केन्द्रित बैठक अन्तत: ‘ब्रेक थ्रु’भएको इयू नेताहरुले बताएका छन् ।

आप्रवासी समस्या समाधान गर्न युरोपेली नेताहरु सहमत

बन्दुकधारीले पत्रिकाको कार्यालयमा आक्रमण गर्दा ५ को मृत्यु

अमेरिकाको मेरिल्याण्ड राज्यबाट प्रकाशित हुने दैनिक पत्रिका क्यापिटल ग्याजेटको कार्यालयमा बन्दुकधारीले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । अन्य केही घाइते भएका छन् ।

बन्दुकधारीले पत्रिकाको कार्यालयमा आक्रमण गर्दा ५ को मृत्यु

‘चीन शान्तिका लागि प्रतिबद्ध’

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘चीनले आफ्नो भूभाग एक इन्च पनि नछाड्ने’ चेतावनी दिएका छन् । चीन भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको भेटमा सीले तर ‘शान्तिका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । 

‘चीन शान्तिका लागि प्रतिबद्ध’