१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नयाँ दिल्लीस्थित एक घरमा एकै परिवारका ११ जनाको शव फेला

एजेन्सी

काठमाडौँ — भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

नयाँ दिल्लीस्थित एक घरमा एकै परिवारका ११ जनाको शव फेला

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ । ११ जना मृतक मध्ये ३ जना 'टीनएजर्स' र एक ७५ वर्षीया वृद्धा रहेका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।


दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ । उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए । उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७:३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेर हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइएको छ ।


प्रकाशित : असार १७, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?