नयाँ दिल्लीस्थित एक घरमा एकै परिवारका ११ जनाको शव फेला

एजेन्सी

काठमाडौँ — भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइएको छ। ११ जना मृतक मध्ये ३ जना 'टीनएजर्स' र एक ७५ वर्षीया वृद्धा रहेका छन्। प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ।

Yamaha

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ। उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए। उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७:३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेर हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइएको छ।

Esewa Pasal

प्रकाशित : असार १७, २०७५ १२:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

इजिप्टलाई हराउँदै रसिया नकआउट चरण नजिक

एजेन्सी

सेन्ट पिटर्सबर्ग — फिफा विश्वकप २०१८ अन्तर्गत मंगलबार आयोजक रसियाले इजिप्टलाई ३-१ ले पराजित गरेको छ । यस जितसँगै समूह 'ए' को शीर्ष स्थानमा रहेको रसिया दोस्रो चरणमा पुग्ने सम्भावना बढेको छ ।

दुवै टोलीले आक्रमक रुपमा खेलेको पहिलो हाफमा गोल हुन नसक्दा मध्यान्तरमा खेल गोलरहित बराबरीमा रहयो । दोस्रो हाफको सुरुमै रसियाको दबाब सफल हुँदा इजिप्ट पछाडी पर्यो । अहमद फाथीले आत्मघाती गोल गर्दै टोलीलाई १(० को अग्रता दिलाएका थिए ।

लगत्तै ५९ औं मिनेटमा डेनिस चेरेसेभले अग्रता दोब्बर पारे भने त्यसको तीन मिनेटमा आर्टेम ज्युबाले ३-० को अग्रता बनाए ।

इजिप्टका लागि मैदानमा फर्केका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । खेलको १७ मिनेट बाँकी छँदा गोल गरेपनि इजिप्टले त्यसपछि गोल गर्न नसक्दा ३-१ को हार बेहोर्यो । यस हारसँगै इजिप्टको दोस्रो चरण पुग्ने गणितीय सम्भावना मात्र कायम रहेको छ ।र्केका मोहमद सलाहले पेनाल्टीमा गोल गरे ।

खेलको १७ मिनेट बाँकी छँदा गोल गरेपनि इजिप्टले त्यसपछि गोल गर्न नसक्दा ३-१ को हार बेहोर्यो । यस हारसँगै इजिप्टको दोस्रो चरण पुग्ने गणितीय सम्भावना मात्र कायम रहेको छ ।

प्रकाशित : असार ६, २०७५ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT