कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

रासस/एएफपी

पेरिस,फ्रान्स — कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । 

कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाट फरार

फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।


सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । ८ वर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।


फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ । सुरक्षाकर्मीले उक्त हेलीकप्टरलाई रिआउ शहरको उत्तरपूर्वी क्षेत्रमा भेटिएको थियो । प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ ।


फाइडले जेलबाट भागेको यो दोस्रो घटना हो । उनले सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए । उनले सन् २०११ को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए ।


पिस्तोलधारी कुख्यात डाँका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाएपनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।

प्रकाशित : असार १७, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?