कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अफगानिस्तामा बेलयाती सेना थपिने 

एएफपी

लन्डन — बेलायत सरकारले अफगानिस्तानमा थप सैनिक पठाउने जनाएको छ ।  अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४ सय ४० सैनिक पठाउन लागेको प्रधानमन्त्रीले टेरेसा मेले जनाकारी दिएकी हुन् । 

अफगानिस्तामा बेलयाती सेना थपिने 

मेको निर्णयको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । पछिल्लो समय अफगानिस्तानमा शान्ति स्थापनामा चुनौती थपिएको जनाउँदै ट्रम्पले अफगानिस्तानमा तैनाथ बेलायती सेनाको संख्या थप्न आग्रह गरेका थिए ।


अमेरिकाका साथै नेटो गठबन्धनले समेत उक्त आग्रह गरेपछि मे थप सेना पठाउन सहमत भएकी हुन् । उनले ब्रसेल्समा बिहीबार सम्पन्न नेटो सम्मेलनका क्रममा उक्त घोषणा गरेकी हुन् ।


थप गरिएका सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि अफगान सेनालाई सघाउने जनाइएको छ । मेको घोषणसँगै अफगानिस्तानमा बेलायती सेनाको संख्या १ हजार १ सय पुग्ने भएको छ । अफगानिस्तामा हाल १६ हजार नेटो सैनिक छन् ।

प्रकाशित : असार २८, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?