कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा निर्वाचन लक्षित कार्यक्रममा बिस्फोट, १०५ को मृत्यु

रासस/सिन्ह्वा

इस्लामावाद — पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १ सय ५ जनाको मृत्यु भएको छ । 

पाकिस्तानमा निर्वाचन लक्षित कार्यक्रममा बिस्फोट, १०५ को मृत्यु

बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा अरु १ सय ५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ ।


घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृहमन्त्री अघा उमरले पुष्टि गरेका छन् । घाइतेहरको विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिए ।


लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ ।


राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपआयुक्त क्विम लासरीले बताए । उनले आफ्ना मतदातालाई सम्बोधन गरिरहेका बेला बम आक्रमण भएको थियो ।


पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १ सय ३० भन्दा बढीको मृत्यु भएको छ भने दुई सय भन्दा बढी घाइते भएका छन् ।


यही जुलाई २५ तारिखका दिन हुन लागेको निर्वाचनको मिति नजिकिदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन् ।

प्रकाशित : असार ३०, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?