कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतमा एक महिलाको बलात्कारपछि आगो लगाई हत्या

काठमाडौँ — भारतको राज्य उत्तर प्रदेशको सम्भल जिल्लामा ५ जनाको समूहले एक ३५ वर्षीया महिलाको बलात्कार पछि नजिकै रहेको मन्दिरमा लगेर आगो लगाई हत्या गरेका छन् ।

भारतमा एक महिलाको बलात्कारपछि आगो लगाई हत्या
समाचार एजेन्सीहरुका अनुसार शुक्रबार राति भएको उक्त घटनामा हत्या गरिएकी महिलाका श्रीमानका अनुसार पीडितले बलात्कार पछि आफैं प्रहरीको हेल्पलाइन १०० मा फोन गरेर जानकारी समेत गराएकी थिइन् । तर, प्रहरीले भने कुनै कारवाही नगरेको पीडितका श्रीमानले दाबी गरेका छन् ।

उनको अनुसार प्रहरीले तत्काल कुनै कारवाही नगरे सँगै ती व्यक्तिहरु पुन: घरमा प्रवेश गरी महिलालाई घिसार्दै नजिकको मन्दिरमा लगेर आगो लगाइदिएका थिए ।

मजदुरी गर्न श्रीमान गाजियावाद गएको बेला घरमा दुई बालबालिका र महिला मात्रै रहेको अवस्थामा राति घरमा प्रवेश गरेर ५ जनाले बलात्कार गरेका हुन् । बलात्कृत भएसँगै महिलाले सुरुमा प्रहरीलाई जानकारी गराएको र सँगै आफ्नो भाइलाई पनि जानकारी गराएको बताइएको छ । उनको भाइले पनि प्रहरीलाई जानकारी गराउनु पूर्व नै उक्त समुहले पुन: घरमा प्रवेश गरेर महिलालाई घिसार्दै नजिकैको मन्दिरको लगेर जलाएको उनको श्रीमानले बताए ।

प्रहरीका अनुसार महिलाको बलात्कार तथा हत्यामा संलग्न सबैको पहिचान भइसकेको छ । उनीहरु सबै उक्त गाउँकै रहेका र घटनापछि फरार रहेको बताइएको छ । पीडितले प्रहरीलाई गरेको कल रेकर्डिङका आधारमा उनीहरुको पहिचान खुलेको हो ।


प्रकाशित : असार ३१, २०७५ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?