कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाजामा ४ वर्षयताकै भीषण आक्रमण

बीबीसी

जेरुसेलम — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो आक्रमण गरिएको बताएका छन् । उनले इजरायलमा क्षेप्यास्त्रहरु प्रहार गरिएको दाबी गर्दै त्यसको जवाफमा आक्रमण गर्न आफूहरु बाध्य भएको जनाए ।

गाजामा ४ वर्षयताकै भीषण आक्रमण

नेतन्याहुले आवश्यक परे थप कारबाही गर्न इजरायल पछि नपर्ने उल्लेख गरे । तर हमालसले भने एक युद्धविराम सहमति गरिएको बताएका छन् ।


प्यालेस्टिनी स्वास्थ्य अधिकारीले गाजामा गरिएको हवाई आक्रमणका कारण २ जनाको मृत्यु भएको जनाएका छन् । १२ घाइते छन् । इजरायलमा प्रहार गरिएका क्षेप्यास्त्रका कारण ३ जना इजरायली घाइते भएको बीबीसीले जनाएको छ । इजरायली अधिकारीले आफ्नो भूमिमा ९० वटा साना आकारका क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन् ।


इजरायली प्रतिरक्षा फौज (आइडीएफ) ले बेइत लाहियास्थित एक बटालियन मुख्यालय, उत्तरी गाजास्थित एक प्रशिक्षण केन्द्र र अस्त्र भण्डारणस्थल लगायतका हमास समूहका अखडालाई निशाना बनाई आक्रमण गरेको जनाएको छ ।

प्रधानमन्त्री नेतेन्याहुले ‘रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीसँगको परामर्शपछि हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरिएको’ जनाए । एउटा भिडिओ वक्तव्य मार्फत् सन् २०१४ को द्वन्द्व उल्खेख गर्दै उनले आइडीएफले ‘अपरेशन प्रोटेक्टिभ एज’ यताकै हमासविरुद्ध ठूलो आक्रमण गरेको छ । उनले भने, ‘आवश्यक परे हामीले हाम्रो आक्रमणको क्षमता थप बढाउनेछौं ।’


यद्यपि, इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयत्नमा’ अहिले एक युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीले बताएका छन् । इजरायलले त्यसबारे भने कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई इजरायली हवाईसेनाले गाजास्थित एक खाली भवनमा आक्रमण गर्दा नजिकैं हिडिरहेका सर्वसाधारण मारिएको बताए । गाजाबाट दर्जनौं क्षेप्यास्त्रहरु इजरायलमाथि प्रहार गरिएको आइडीएफले जनाएको छ ।


हमासले इजरायलले सीमाक्षेत्रमा गरेको गोली प्रहारमा एक प्रदर्शनकारीेको ज्यान गएको जनाएको छ । गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार हालै भएका प्रदर्शनका क्रममा इजरायलले गरेको आक्रमणका कारण कम्तीमा १ सय ३० प्यालेष्टिनीको ज्यान गइसकेको छ ।

प्रकाशित : असार ३१, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?