जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु

कान्तिपुर संवाददाता

इस्लामाबाद — पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ । 

सिन्ह्वाका अनुसार एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।

Yamaha

सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ ।

यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक जाहिद साहले पुष्टि गरेका छन् । प्रहरी अधिकारीहरुले दुर्घटनाको कारण धेरै यात्रु हुनसक्ने अनुमान गरेका छन् ।

उक्त दुर्घटनामा महिला र बालबालिका पनि रहेका जनाइएको छ । बस पल्टिएर तल खसेपछि उद्वारको लागि पनि कठिन भएको बताइएको छ ।

पाकिस्तानमा सन् २०११ देखि गरिएको एक सर्वेक्षणमा प्रत्येक वर्ष हुने सडक दुर्घटनामा चार हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ ।

पाकिस्तानको तथ्याङ्क विभागले हालै सो तथ्याङ्क प्रकाशनमा ल्याएको हो ।

यहाँ हरेक वर्ष करिब ९ हजार सडक दुर्घटना हुने गरेको पनि सो विभागले थप जानकारी दिएको छ ।

प्रकाशित : असार ३२, २०७५ १६:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सर्पदंशबाट मृत्यु 

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका चार वर्षीय कमल विकको सोमबार सर्पदंशबाट मृत्यु भएको छ ।

प्रतिकात्मक तस्बिर

सोमबार बिहानै सर्पले डसेर बिरामी परेका कमलको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनकी ११ वर्षीया दिदी अनिता विकको भेरी अञ्चल अस्पताल बाँकेमा उपचार भइरहेको छ । घरमै सुतिरहेको बेला बिहानपख दिदी भाइलाई सर्पले डसेको आमा लक्ष्मी विकले बताइन् ।

प्रकाशित : असार ३२, २०७५ १६:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT