जासुसी आरोपमा रूसी पक्राउ

बीबीसी

वासिङ्टन — अमेरिकाले एक २९ वर्षीया रूसी महिलालाई पक्राउ गरेको छ । अमेरिकी अधिकारीहरूले मरिया बुटिनामाथि रूस सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहमा घूसपैठ गरेको अभियोग लगाएका छन् ।

जासुसी आरोपमा रूसी पक्राउ

बुटिनाले केही महिनादेखि सरकारी निकायलाई सघाइरहेको ड्रिस्कोलको दाबी छ । वासिङ्टनमा बस्दै आएकी बुटिनालाई सोमबार राति गिरफ्तार गरिएको हो । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधबार हुनेछ ।


अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकिएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन् । उनको गिरफ्तारी सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेप छानबिनसँग सम्बन्धितचाहिँ होइन । रूसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ ।


बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभई ‘अन्तर्राष्ट्रिय मामिला’ की छात्रा भएको जनाए । मंगलबार एक विज्ञप्ति जारी गर्दै ड्रिस्कोलले बुटिनाको व्यापारिक क्षेत्रमा काम गर्ने चाहना भएको दाबी गरे ।


प्रकाशित : श्रावण २, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?