कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

रासस/एएफपी

सोल — दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

मर्मत गरिएको हेलिकोप्टर बनाएर परीक्षण उडान गरेका बेला आकाशबाट तल खसेर जलेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


दक्षिण कोरियाको पोहाङ भन्ने ठाउँमा सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो ।


हेलिकोप्टरमा रहेका ६ जनामध्ये पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ । घाइतेको उपचार भइरहेको छ

प्रकाशित : श्रावण २, २०७५ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?