उद्धार गरिएका बालक घर फर्किए

बीबीसी

बैंकक — थाइल्यान्डको उत्तरी क्षेत्र चियाङराईस्थित गुफाबाट उद्धारपछि अस्पताल भर्ना गरिएका १२ बालक र उनीहरूका प्रशिक्षक बुधबार घर फर्किएका छन् ।

उद्धार गरिएका बालक घर फर्किए

अस्पतालमा राखिएका उनीहरूको अवस्थामा सुधार आएपछि घर फर्कन दिइएको हो । अस्पतालबाट निस्किएपछि उनीहरूले पहिलोपटक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका छन् । करिब दुई सातासम्म गुफामै थुनिएर रहेका उनीहरूलाई तर्सिने, एकान्तमा बस्न चाहने तथा बेलाबेलामा झस्किने समस्या देखिएको थियो ।

उनीहरूलाई अस्पतालले एक समारोह गरी बिदाइ गरेको जनाइएको छ । उनीहरूको अवस्था राम्रो भएको र सञ्चारमाध्यमलाई आफूहरू लामो समयदेखि गुफामा बस्दाका कथा सुनाउन आतुर रहेकाले चिकित्सकले सञ्चारमाध्यमसँग कुराकानी गर्न स्वीकृति दिएको बताइएको छ । उनीहरूलाई एक साताअघि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?