कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मोदिविरुद्ध अविश्वास प्रस्ताव, विपक्षी नेताद्वारा कडा अलोचना 

एजेन्सी

नयाँदिल्ली — भारतीय प्रधानमन्त्रीविरुद्ध संसदमा पेश भएको अविश्वास प्रस्तावको बहसमा भाग लिन विपक्षी नेताहरुले नरेन्द्र मोदिको कडा आलोचना गरेका छन् । 

मोदिविरुद्ध अविश्वास प्रस्ताव, विपक्षी नेताद्वारा कडा अलोचना 

संसदमा बोल्दै कांग्रेस अध्यक्ष राहुल गान्धीले मोदिले झुटो आश्वासन बाडेर चुनाव जितेको आरोप लगाए । आफ्नो भाषण अंग्रेजीमा शुरु गरेपछि विधायकहरुले हिन्दीमा बोल्नुपर्ने भन्दै हुटिङ गरेका थिए । त्यसपछि गान्धीले भने, ‘म हिन्दीमा पनि बोल्छु, नडराउनुहोस् ।’


संसदमा बोल्दै गान्धीले तेलगु देशम पार्टीलाई सम्बोधन गर्दे भने, ‘तपाईहरु २१ औं शताब्दीको हतियार पीडित हो ।’ गान्धीले ‘जुमला स्ट्राईक’ भारतमा कर्यौ मानिसहरु पीडित भएको दाबी गरे । गुजराती शब्द जुमलाको अर्थ गलत बाचा भन्ने बुझिन्छ ।


गान्धीले भारतमा जुमला स्टा्रइकका कारण किसान, युवा, दलित, आदिवासी, महिलाहरु पीडित भएको दाबी गरे । उनले मोदिको चुनावी अभियानको बाचा स्मरण गराउँदै हरेक भारतीयको बैंक खातामा १५ लाख रुपैया हुने तथा २०१७ मा दुई करोड रोजगारी सिर्जना नभएको भन्दै आलोचना गरे । त्यसैगरी गान्धीले नोटबन्दीका नाममा अर्थतन्त्रलाई असर पुर्‍याएको दाबी गरे ।


लोकसभामा कांग्रेस संसदीय दलका नेता मल्लिकार्जुन खड्गले नरेन्द्र मोदि र भारतीय जनता पार्टीको सरकारले ‘विभाजित र शासन गर’ को नीति अबलम्बन गरेको दाबी गरे । उनले आन्ध्र प्रदेशका नागरिकको हितका लागि कांग्रेसले अविश्वास प्रस्तावलाई समर्थन गरेको जनाए ।


संसदमा बोल्दै तृणमुल कांग्रेसका दिनेश त्रिवेदीले ‘मोदिले भगवान रामप्रति पनि आफ्नो एकाधिकार कायम राख्न खोजेको’ आरोप लगाए ।

विहीबार लोकसभामा पेश गरिएको अविश्वासको प्रस्तावको बहश शुरु हुनुभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले ट्वीटरमार्फत् ‘संसदीय लोकतन्त्रका लागि शुक्रबार निकै महत्वपूर्ण भएको’ उल्लेख गरेका थिए ।


भारतीय लोकसभामा हाल ५ सय ३४ सदस्य छन् । मोदिविरुद्ध दर्ता भएको प्रस्ताव पारित हुन २ सय ६८ सांसदको समर्थन आवश्क पर्छ । लोकसभाका सभामुख सुमित्रा महाजन समेत गरी भारतीय जनता पार्टीसँग २ सय ७४ सांसद भएकाले पनि अविश्वास प्रस्ताव पारित भने हुने सम्भावना छैन ।


केन्द्रीय सरकारमा सामेल शिवसेनाका १८ तथा कांग्रेसका ६३ सांसद छन् । त्यसैगरी तृणमुल कांग्रेसका ३४ र तेलगु देशम पार्टीका १६ सांसद छन् ।


यसैबीच, कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उक्त विषयले खुव चर्चा पाएको छ । राहुलले मोदि बसेकै स्थानमा गएर अंकमाल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


भारतको तल्लो सदन लोकसभामा मोदिविरुद्ध पेश गरिएको प्रस्तावबारे बहस हुनेक्रममा उनले संसदको बैठक कक्षमा मोदीलाई अनपेक्षित रूपमा अंकमाल गरेका हुन् ।


प्रकाशित : श्रावण ४, २०७५ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?