२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गाजापट्टीमा युद्धविराम

बीबीसी/रोयटर्स

गाजा — प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायसँग गाजापट्टीमा युद्धविराम सहमति भएको जनाएको छ । इजरायली सेनाले गाजापट्टीमा भीषण हवाई आक्रमण गरेको एक दिनपछि उक्त सहमति भएको बताइएको छ ।

गाजापट्टीमा युद्धविराम

हमास प्रवक्ता फाब्जी बरहौमले समाचार संस्था रोयटर्ससँग भने, ‘इजिप्ट र राष्ट्रसंघको पहलमा इजरायली र प्यालेस्टाइनी समूहबीच शान्तिकालीन समयमा फर्कने सहमति भएको छ ।’

यद्यपि, इजरायी सेनाले भने औपचारिक रूपमा उक्त सम्झौताप्रति कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली सेनाले हमाससँग विरलै कुनै पनि सम्झौता गर्नेगर्छ । तर सैनिक प्रवक्ताले ‘गाजा वरपरका सर्वसाधारणको जीवन सामान्य हुनैपर्ने’ बताएका छन् ।

शनिबार सीमा क्षेत्रमा खटिएका आफ्ना एक सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजापट्टीमा भीषण हवाई आक्रमण गरेको थियो । पटकपटक हिंसात्मक घटना हुने गरेको उक्त क्षेत्रमा धेरै समयपछि इजरायली सेनाको ज्यान गएको हो ।

सञ्चारमाध्यमका अनुसार इजरायलले गाजापट्टीका सैन्य अखडालाई निसाना बनाई आक्रमण गरेको हो । हमासका उत्तरी गाजापट्टीस्थित १५ तथा खान युनिसस्थित २५ सैन्य अखडालाई निसाना बनाइएको इजरायली सेनाले जनाएको छ । गाजाका अधिकारीका अनुसार इजरायली हवाई हमलामा ४ प्यालेस्टाइनी मारिएका छन् र उनीहरूमध्ये ३ हमास लडाकु समूहका सदस्य हुन् ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी लडाकुहरूले आफ्नो भूभागमा ३ वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । इजरायली सेनाले हमासविरुद्ध गतसाता सन् २०१४ मा भएको युद्धयताकै ठूलो आक्रमण गरेको थियो । गाजापट्टीबाट २ सयभन्दा बढी क्षेप्यास्त्र तथा मोर्टार प्रहार गरेपछि इरायली सेनाले भीषण आक्रमण गरेको जनाएको थियो ।

प्रकाशित : श्रावण ६, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?