१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अफगानिस्तानमा विस्फोट, १० को मृत्यु

बीबीसी

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा आइबार गराइएको विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । आन्तरिक मन्त्रलायले उक्त विस्फोट स्वनिर्वासनबाट आफ्नो देश फर्केका उप–राष्ट्रपतिलाई लक्षित गरी गराइएको जनाएको छ ।

अफगानिस्तानमा विस्फोट, १० को मृत्यु

यद्यपि, अब्दुल रसिद डोस्टुम विस्मानस्थलबाट निस्केको केहीबेरमा विस्फोट गराइएका कारण उनी सकुशल रहेको अधिकारीहरूले जनाएका छन् ।


अफगान सेनाका पूर्व जेनेरलको फिर्तीमा उनका समर्थकले खुसी मनाइरहेका बेला विस्फोट गराइएको हो । उनी गत वर्ष आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई अपहरणपछि बलात्कार गर्न आफ्ना सहयोगी लगाएको आरोपपछि टर्की पुगेका थिए । यद्यपि उनले उक्त आरोप निराधार भएको दाबी गरे ।


विस्फोटको कारण हालसम्म थाहा हुन नसकेको अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अफगान सञ्चारमाध्यमले भने घटना आत्मघाती आक्रमण भएको जनाएका छन् ।


आन्तरिक मन्त्री नाजिब डानिसले विमानस्थलको गेटनजिकै गराइएको विस्फोटमा परी केही मानिसहरू घाइते भएको जनाएका छन् । उनका सहयोगीले भने डोस्टुम उपचारका लागि टर्की गएको बताउने गरेका छन् ।


डोस्टुमले सन् २०११ मा तालिवानलाई अपदस्त गर्न अमेरिकी सेनालाई सहयोग गरेका थिए । त्यसयता उनले सन् २०१४ मा उपराष्ट्रपति बनेका हुन् । उनी अफगान राजनीतिक दल जुनबिस–ए मिल्लीको अध्यक्ष समेत हुन् ।

प्रकाशित : श्रावण ६, २०७५ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?